कलाकार बिजु खोटेको ७८ वर्षको उमेरमा सोमबार निधन भएको हो। उनी लामो समयदेखि बिमारी थिए।
सोमबार बिहान मुम्बईस्थित आफ्नै घरमा उनको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
भारतको चर्चित चलचित्र शोलेमा बिजु खोटेले अमिताभ बच्चन, धर्मेन्द्र सिंह देवलसँग काम गरेका थिए।
त्यस चलचित्रमा एक खलपात्र निकै चर्चित छन्। ती थिए गब्बर। गब्बरको सहयोगीको रुपमा कालियाले चलचित्रमा भूमिका निर्वाह गरेका थिए।

त्यस चलचित्रको मुख्य डाइलगमध्ये कालियाले बोलेको डाइलग निकै हिट थियो। त्यो थियो ‘हमने आपका नुन खाया हे सरकार।’
यस्तै कालियासँग जोडिएका अन्य डाइलग ‘कित्ने आद्मी थे कालिया, अब तेरा क्या होगा कालिया’ हुन्।
बिजु खोटेले हिन्दी बाहेक मराठी चलचित्रमा पनि काम गरेका थिए।
3
Shares

प्रतिक्रिया