ad ad

राजनीति


तीन एसएसपीसहित ३ हजार ६ सय प्रहरी कर्मचारी थपिँदै

तीन एसएसपीसहित ३ हजार ६ सय प्रहरी कर्मचारी थपिँदै

नेपालखबर
असोज १२, २०७६ आइतबार १२:३६,

नेपाल प्रहरीमा तीन एसएसपीसहित ३ हजार पाँच सय ९६ जनाको दरबन्दी स्वीकृत भएको छ। गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले थप दरबन्दी स्वीकृत गरेको हो।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जनपद समुहतर्फ दुई र प्राविधिक (प्रहरी संगीत बिद्यालय) तर्फ एक एसएसपीको दरबन्दी थप गरेको स्राेतले जनाएकाे छ।

त्यस्तै प्राविधिक सहित प्रहरी उपरीक्षक (एसपी) ४, प्रहरी नायब उपरीक्षक (डिएसपी) २१, प्रहरी निरीक्षक (इन्स्पेक्टर) ४७, प्रहरी नायब निरीक्षक (सई) ८६, प्रहरी सहायक निरीक्षक (असई) दुई सय ९७, प्रहरी हवल्दार ६ सय ८३, प्रहरी जवान दुई हजार दुई सय १६ र प्रहरी कार्यालय सहयोगी दुई सय ३९ पद छन् ।

दरबन्दी थप भएसँगै संगीत बिद्यालयका एसपी राजेन्द्र गुरुङ एसएसपीमा बढुवा हुने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .