ad ad

राजनीति


नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच आज हुँदै छ यस्ताे समझदारी

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच आज हुँदै छ यस्ताे समझदारी

नेपालखबर
असोज ७, २०७६ मंगलबार ४:१,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)बीच औपचारिक सम्बन्ध स्थापनाका लागि आज (मंगलबार) समझदारी पत्रमा हस्ताक्षर हुँदै छ।

दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापनाका लागि समझदारी गर्न लागिएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपालखबरलाई जानकारी दिए।

‘आपसमा विचार, भ्रमण, अध्ययन आदानप्रदानका लागि नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच सहमती पत्रमा हस्ताक्षर गर्न लागिएको हो,’ रिजालले भने।

हस्ताक्षर कार्यक्रम अहिले साढे ११ बजे नक्सालको मेरियट होटलमा हुने उनले जानकारी दिए।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधव नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

यससँगै नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा सोमबारदेखि सञ्चालित ‘विचारधारात्मक छलफल’ कार्यक्रम समापन हुने नेकपाले जनाएको छ।

सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलोपटक यो स्तरको वैचारिक छलफल भएकाे हो। यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपालि चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि बृहत् रुपमा आयोजना गरिएको हो।

कुनै आकस्मिक परिवर्तन भएन भने राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी छ। २३ वर्षपछि चीनका राष्ट्राध्यक्षले नेपाल भ्रमण गर्न लागेका हुन्, जसलाई एउटा ऐतिहासिक अवसर मानिएको छ।

दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टीको सर्वाधिक शक्तिशाली महासचिव र राष्ट्रपति चयन भएसँगै सी चिनफिङले पार्टी विधानमै ‘सी चिनफिङ विचारधारा’ समावेश गरेका छन्, जसलाई चीनमा माओत्सेतुङपछिकै ठूलाे वैचारिक विकास मानिएको छ।

माओपछि सीलाई नै चीनको नेताका रुपमा स्थापित गर्नेगरी उनको विचारलाई अहिले अन्तर्राष्ट्रिय रुपमा समेत स्थापित गरिँदै छ।

संभवतः त्यही क्रममा नेपालमा पहिलोपटक सी विचारधाराबारे दुई पार्टीबीच यो स्तरमा बहस भएकाे हाे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .