राजनीति


भाषण गर्दागर्दै राजपाका केन्द्रीय उपाध्यक्षको निधन

भाषण गर्दागर्दै राजपाका केन्द्रीय उपाध्यक्षको निधन

नेपालखबर
असोज ५, २०७६ आइतबार ३:१६,

राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष राजवंशी चौधरीको निधन भएको छ।

शनिबार ललितपुरमा पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा अचानक हृदयाघात भएर उनको निधन भएको पार्टीका महासचिव केशव झाले नेपालखबरलाई जानकारी दिए।

‘हिजो दिउँसो ३ बजेतिर उपाध्यक्षज्यू बोल्दै हुनुहन्थ्यो, अचानक हर्टअट्याक भयो,’ उनले भने, ‘हतार हतार मेडिसिटी अस्पताल लगियो तर चिकित्सकले मृत घोषणा गरे।’ कार्यक्रम ललितपुरको सिद्धार्थ कटेजमा भइरहेको थियो।

बारा घर भएका उपाध्यक्ष चौधरीको उमेर करिब ६० वर्ष थियो।

अहिले उनको शव मेडिसिटी अस्पतालमै राखिएको र नेताहरू जाने क्रम जारी रहेको राजपा महासचिव झाले जानकारी दिए।

70912516 937653383260166 5282604212650246144 n 3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad