प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले यसै वर्ष प्रदेशको नामांकरण र राजधानीको टुंगो लाग्ने बताएका छन्। निर्वाचन भएको लामो समयसम्म पनि नामांकरण र केन्द्रको टुंगो लगाउन नसकेको आरोप खेपीरहेका मुख्यमन्त्री पोख्रेलले यसै वर्ष नै नाम र केन्द्र टुंगाउने बताएका हुन्।
सबैलाई चित्त बुझ्दो ठाउँ र नाम ल्याउनका लगि आफू लागिपरेको बताउँदै उनले प्रदेशले नाम र केन्द्रको विषयमा ढिलै गर्यो राम्रै गर्यो भन्ने बनाउन आफूहरु लागिपरेको बताए। जिल्लाका नेता कार्यकर्तालाई प्रशिक्षण दिन दुई दिनको समय तय गरि अर्घाखाँची पुगेका मन्त्री पोखरेलले प्रेस संगठन नेपालद्दारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रदेश सभामा एउटा समिति बनाएका छौँ।
समितिले चाहिँ जिल्ला जिल्लामा गएर सुझाब संकलन गर्ने, त्यसको रिपोर्ट संकलन गर्ने काम सकिसकेको छ। त्यसपछि विज्ञको टिमले काम गर्दैछ। विज्ञको रिर्पोट आइसकेपछि दुबै रिपोर्टलाइ एकिकृत गरी प्रस्ताव प्रस्तुत गर्छौं।’
संघीयताको कारण देश नै असफल हुन थाल्यो भनेर प्रचार गर्नेलाई उत्तर दिने वर्षको रुपमा पाँच नम्बर प्रदेश सरकारले काम गरिरहेको उनको दाबी छ। संघीयताले प्रशासनिक खर्च बढाए पनि समग्र जनताको खर्चमा कमी आएको उनले बताए।
प्रदेश पाँच सरकार कानुन निर्माणमा सबै प्रदेशभन्दा अगाडी रहने गरी आफूहरुले कानुन निर्माण गरेको बताए।
Shares

प्रतिक्रिया