राजनीति


सवा पाँच अर्ब लागतमा यस्तो बन्दैछ संघीय संसद भवन (भिडियो)

सवा पाँच अर्ब लागतमा यस्तो बन्दैछ संघीय संसद भवन (भिडियो)

नेपालखबर
असोज १, २०७६ बुधबार ७:३६,

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सिंहरदबारभित्र बनाउन लागेको संघीय संसद्को भवनको शिलान्यास गरेका छन्।

५ अर्ब २६ करोड लागतमा निर्माण गर्न लागिएको संसद् भवनको बुधबार  आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन्।

सरकारले देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारस्थित पुतली बगैंचामा संसद्को आफ्नै भवन निर्माण गर्न लागेको हो।

सो भवन आधुनिक र प्रविधिमैत्री हुने बताइएको छ। १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिने सो भवनबाट संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय सञ्चालन हुने बताइएको छ। सो भवनको निर्माण तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको छ।

Sansad

संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेसरछपाइ भवन र ७ सयवटा सवारीसाधन पार्किङ तथा सुरक्षाकर्मीको भवन रहनेछन्।

संसद् भवन परिसरमा बन्ने सबै भवनको वास्तुकला तथा डिजाइन काठमाडौंको स्थानीय वास्तुकला झल्कने गरी निर्माण गरिने भवनहरू बढीमा तीन तलाको हुनाका साथै संसदीय दलको भवन र कार्यालय भवन पाँच तलाको हुने सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ।

हेराैँ भिडियो

संसद् भवन परिसरभित्र हरियाली चौर, पानीको फोहोरा, सार्वजनिक खुला चौर रहनेछ भने आपतलीन विशेष अवस्था, भूकम्प, आगलागीलाई ध्यानमा राखेर इन्जिनियरिङ डिजाइन गरिएको छ।

दक्षिण मुख्य प्रवेशद्वारको बायाँतर्फ संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्ने ठूला हल हुनेछ भने प्रवेशद्वारको दायाँतर्फ संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक बस्ने हल हुनेछ।

प्रतिनिधिसभाको भवनमा ४ सय सांसद, सभामुखको कार्यकक्ष, ३ सय पाहुना अट्ने गरी डिजाइन गरिएको छ। प्रतिनिधिसभाको हलमा ९ सय र राष्ट्रिय सभाको हलमा ३ सय जना अटाउने गरी निर्माण हुने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।

संसद्को आफ्नै भवन नहुँदा एक दशकभन्दा बढी समयदेखि वर्षको करिब १५ करोड भाडा दिएर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad