कारोबार


बागलुङ्ग मालपोतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

बागलुङ्ग मालपोतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

नेपालखबर
असोज १, २०७६ बुधबार ७:३४,

प्रभु बैंकले बागलुङ्ग नगरपालिकास्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ।

बागलुङ्गस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको आज बागलुङ्ग मालपोत कार्यालयका कार्यालय प्रमुख केशवराज ढकाल र प्रमुख राजस्व अधिकृत विष्णु प्रसाद शर्माले एक समारोहका बीच संयुक्त रुपमा उद्घाट्न गरेका हुन्।

बागलुङ्ग जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजस्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले मालपोत कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजस्व जम्मा गर्न सहज हुनुका साथै मालपोत कार्यालयको आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । प्रभु बैंकका एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा मालपोत कार्यालयको राजस्व संकलन प्रक्रियामा सहजता आई राजस्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले देशभर १ सय ९५ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटीएम तथा ३२ वटा एक्स्टेन्सन काउण्टरहरुमार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad