नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व सांसद हरि बैरागी दाहाललाई हृदयाघात भएको छ। दाहालको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस भल्कुरल सेन्टरमा उपचार भैरहेको छ।
शुक्रबार बिहान हृदयाघात भएपछि दाहाललाई सो अस्पतालमा भर्ना गरिएको नेकपाका नेता तथा संखुवासभाका प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले जानकारी दिए। कोटेश्वरको भाटभाटेनी डिर्पामेन्टल स्टोर अघि हृदयाघात भएर दाहाल बेहोस भएका थिए।
त्यसपछि दाहाललाई सिभिल अस्पताल हुँदै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। बोहोस रहेका दाहाललाई भ्यान्टिलेटर राखेर उपचार भैरहेको छ। डा भगवान कोइराला र चन्द्रमणि पौडेलको टोली दाहालको उपचारमा संलग्न रहेका छन्।

प्रतिक्रिया