ad ad

राजनीति


डेंगु नियन्त्रण गर्न नसक्ने स्वास्थ्यमन्त्री राजीनामा दिनुस्ः सांसद गाैतम

डेंगु नियन्त्रण गर्न नसक्ने स्वास्थ्यमन्त्री राजीनामा दिनुस्ः सांसद गाैतम

नेपालखबर
भदौ २६, २०७६ बिहिबार १२:२५,

नेपाली कांग्रेसका सांसद संञ्जय कुमार गौतमले डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन्।

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले डेंगुले देशै आक्रान्त बनिसक्दा मन्त्रालय विषयवस्तुको गार्भियतामा संवेदनशील नबनेको भन्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजिनामा माग गरेका हुन्। डेंगुबारे यथार्थ जानकारी गराउन सभामुखले सरकारलाई रुलिङ्ग गरेपछि आफ्नो धारणा राखेका सांसद गौतमले रुलिङ्ग गरेर मात्रै नहुने भन्दै आक्रोश पोखे।

उनले भने, ‘स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ? चुप लागेर बसेर रुलिङ्ग गरेर। टेबुल ठोकेर र सत्ता पक्ष कै सांसदले विरोध जनाएर मात्रै पुग्दैन। दुई तिहाईको एब्सुल्युट गर्भरमेण्ट हो यो। यतिबेला तपाईहरुले दिन नसकेको सुशासन कस्ले दिन सक्छ? यतिबेला यो रुलिङ्ग गर्दिएको भरमा मात्रै यो झारा टार्ने काम। कहीँ नभएको जात्रा हाडीगाउँमा भन्ने उखानलाई चरितार्थ गरेर मात्रै पुग्दैन। म जोडदार रुपले स्वास्थ्यमन्त्रीको राजिनामा माग्छु। र सरकार यसरी अमुकदर्शक बनेर बस्न हुदैन सभामुख महोदय। तत्काल संकटकालको घोषणा गर्नुपर्छ। देश आक्रान्त छ। तर सरकार मौन छ। म यसमा घोर आपत्ती जनाउदै तत्काल राजिनामाको माग गर्छु।’

पछिल्लो तथ्याङ्क अनुसार, मुलुकभर ५ हजार जना डेंगुबाट संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भईसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .