ad ad

राजनीति


आप्रवासीमाथि ट्रम्पको कडा नीति अमेरिकी सर्वोच्च अदालतद्वारा स्वीकार

आप्रवासीमाथि ट्रम्पको कडा नीति अमेरिकी सर्वोच्च अदालतद्वारा स्वीकार

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ९:८,

ट्रम्पले ल्याएका नीतिले अमेरिकामा शरण दाबी गर्ने तथा अमेरिकामा प्रवेश गर्न खोज्ने आप्रवासीहरुको संख्या नियन्त्रण हुनेछ।

यो नीति अमेरिका भर लागू हुने जनाइएको छ। यस योजनाले मेक्सिकोबाट अमेरिका प्रवेश गरेका दशौंहजार आप्रवासीलाई प्रभाव पार्नेछ।

गत जुलाई महिनामा सरकारले नयाँ आप्रवासी नीति सार्वजनिक गरेको थियो। अवैध आप्रवासीलाई रोक्ने योजना राष्ट्रपति ट्रम्पको सुरुवातदेखिको योजना हो।

सन् २०१६ को राष्ट्रपतिय अभियानका क्रममा ट्रम्पले अवैध आप्रवासीविरुद्ध सरकारले कदम चाल्ने बताएका थिए। त्यसबेला ट्रम्पले मेक्सिकोमा पर्खाल बनाउने घोषणा गरेका थिए।

सन् २०२० मा समेत उनको राष्ट्रपतिय निर्वाचनको एजेन्डा आप्रवासीमा केन्द्रित हुनेछ। सर्वोच्च अदालतको फैसलाले ट्रम्पको लोकप्रियतालाई सहयोग पुगेको अनुमान गरिएको छ।

ट्रम्पले सुरुवातदेखि अवैध आप्रवासीका कारण अमेरिकामा अपराध र आतंकवाद बढेको बताउँदै आएका थिए।

अमेरिकी सपना बोकेर तेस्रो विश्वका मानिसहरु, गरिब राष्ट्रहरुका नागरिकहरु मेक्सिकोहुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्छन्।

Image result for migrants to usa from mexico

केहीलाई सीमानामा पक्राउ गरिन्छ। अमेरिका प्रवेश गर्न सफल भएकाहरुले त्यहाँ शरण दाबी गर्न पाउँछन्।

नयाँ नियमले शरण दाबी गर्नेलाई पनि गाह्रो हुनेछ। यस्तै सीमानामा कडाइ गरिएका कारण आप्रवासीको प्रवाह नियन्त्रण हुनेछ।

अमेरिकाले मेक्सिकोलाई आप्रवासीको प्रवाह नरोके कर बढाउने तथा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएपछि मेक्सिको आफैंले पनि आप्रवासीको प्रवाहलाई रोक्ने प्रयास गरिरहेको छ।

यसवर्षको अगष्ट महिनासम्मको अमेरिकी तथ्यांकअनुसार यस वर्ष अमेरिकामा प्रवेश गर्न खोज्ने ८ लाख ११ हजार १६ जनालाई सीमानामै नियन्त्रण गरिएको थियो। तीमध्ये ६ लाख ९० हजार एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरसका छन्।

मानिसहरु परिवारसहित अमेरिका प्रवेश गर्न चाहन्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .