ad ad

कला


चलचित्र विकास बोर्डका अध्यक्ष भन्छन्ः आईफा अवार्ड नेपालमा नभएर राम्रै भयो

चलचित्र विकास बोर्डका अध्यक्ष भन्छन्ः आईफा अवार्ड नेपालमा नभएर राम्रै भयो

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ९:०,

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली चलचित्रको श्रीवृद्धिका लागि आफुहरु सधै प्रतिवद्ध रहेको बताएका छन्।

राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्सको उद्घाटन गर्दै उनले बोर्डको प्राथमिकता र कार्यक्रमहरु सधैँ नेपाली चलचित्रको वृद्धि विकासमा केन्द्रित हुँदै आएको बताएका हुन्। भविश्यमा नेपाली चलचित्रको विकास र सम्मृद्धिका लागि श्रृजनशिलताको साथै प्रविधिको सही सदुपयोग अत्यावश्यक रहेको भन्दै उनले चलचित्र सम्बन्धी विधेयकमा आवश्यक सुझाव दिन सम्बन्धित सबैलाई आग्रह गरे।

विधेयक बोर्डको वा सरकारको मात्रै नभएको भन्दै उनले समग्र चलचित्र क्षेत्रको वृद्धि विकास र यस क्षेत्रका कलाकार, लगानीकर्ता सबैको हित अनुकुल बनाउँदै समग्र नेपाली चलचित्रलाई सम्मृद्धिको बाटोमा डोर्याउने कानुनी दस्तावेज भएकाले सबैको रायसुझावले महत्व राख्ने बताए।

उनले भारतीय फिल्म अवार्ड आईफा अवार्ड एक निजी टेलिभिजनको आफ्नो कार्यक्रम भएकाले त्यसमा नेपाल सरकारको लगानी हुनु नहुने तर्क गरे। हरेक वर्ष भारत बाहिर अवार्ड गर्दै आएको आईफाका आयोजकले यस वर्ष भने भारत मा नै अवार्ड गर्न लागेको पनि उनले जानकारी दिए।

बिहीबारदेखि सुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्समा नेपाली चलचित्र क्षेत्रको सुधार, नीतिगत व्यवस्था लगायत विषयमा व्यापक छलफल हुने बताईएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .