राजनीति


चिनियाँ विदेशमन्त्री वाङ : भक्तपुर र नारायणहिटी घुम्ने, प्रचण्ड र देउवा भेट्ने

चिनियाँ विदेशमन्त्री वाङ : भक्तपुर र नारायणहिटी घुम्ने, प्रचण्ड र देउवा भेट्ने

नेपालखबर
भदौ २४, २०७६ मंगलबार १:५०,

नेपाल भ्रमण क्रममा काठमाडौं रहेका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले आज (मंगलबार) बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड‘ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई भेट्दै छन्।

नेपालखबरलाई प्राप्त चिनियाँ विदेशमन्त्री वाङकोे कार्यक्रम तालिका अनुसार त्यसअघि उनी आज बिहान भक्तपुर भ्रमणमा जानेछन्। त्यहाँबाट एक/डेढ घण्टापछि काठमाडौं फर्केर उनले होटल मेरियटमा प्रचण्ड र देउवालाई भेट्नेछन्।

त्यसपछि नारायणहिटी संग्राहलय अवलोकन गर्ने वाङ आजै १२ः४० मा चीन फर्किने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad