ad ad

राजनीति


राष्ट्रपति भण्डारीसँग चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता

राष्ट्रपति भण्डारीसँग चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता

नेपालखबर
भदौ २३, २०७६ सोमबार १४:४५,

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार साँझ शिष्टाचार गरेका छन्। शितल निवासमा भएको भेटमा दुवै नेताहरुबीच नेपाल चीनको सम्बन्धको विषयमा कुराकानी भएको शितल निवास स्रोतले जनाएको छ।

भेटमा नेपालका लागि चिनियाँ राजदूत लिलामणि पौडेल, परराष्ट्रका सचिव शंकरदास बैरागी सहभागी रहेका थिए भने चिनियाँ स्टेट काउन्सिलरको प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको थियो।

भेटमा नेपाल चीनबीचको युगौदेखिको सम्बन्ध रहेको उल्लेख गर्दैै राष्ट्रपति भण्डारीले नेपाल अहिले स्थिर राजनीतिक व्यवस्थासँगै समृद्धिको चरणमा प्रवेश गरेको बताएकी थिइन्। भण्डारीले असल छिमेकी चीनले नेपालको समृद्धिको यात्रामा सहयोग हुने विश्वास व्यक्त गरेको उनको स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .