ad ad

राजनीति


सेनाको पृतनापति समन्वयात्मक वैठक सम्पन्न

सेनाको पृतनापति समन्वयात्मक वैठक सम्पन्न

नेपालखबर
भदौ २३, २०७६ सोमबार १५:९,

नेपाल सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ।

जंगी अड्डामा यही भदौ २० गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा सुरु भएको बैठक प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार समापन गरेका हुन्।

बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै नेपाली सेनाका विविध कार्यहरुको प्रगती समिक्षा, मुल्यांकन र विश्लेषण समेत भएको थियो।

समापनको क्रममा प्रधानसेनापति थापाले नेपाली सेनाको दीर्घकालीन सांगठनिक सुदृढिकरण र विकासका योजनाहरुको सफल कार्यान्वयन गर्न संस्थाभित्र भएका सकारात्मक परिवर्तनलाई आत्मसात् गरि अपनत्व ग्रहण गर्न सकल दर्जालाई निर्देशन दिए।

यस्तै, उनले आफ्नो दायित्व प्रति उत्तरदायी हुनुको साथै नागरिक–सैनिक सम्बन्धलाई परिणाममुखी बनाउन गरिएका नीतिगत निर्णय र स्थानीय आवश्यकताहरुलाई मध्यनजर गरि कार्य–योजना अनुसार जनहितको कार्यहरु सञ्‍चालन तथा अनुगमन गर्न सबै पृतनापतिहरुलाई पहल कदमी लिन पनि निर्देशन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .