राजनीति


१२ बुँदे समझदारीका लागि प्रचण्डलाई लिन नारायणकाजीलाई मैले नै पठाएको हुँः नेपाल

१२ बुँदे समझदारीका लागि प्रचण्डलाई लिन नारायणकाजीलाई मैले नै पठाएको हुँः नेपाल

नेपालखबर
भदौ २२, २०७६ आइतबार ११:५,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले १२ बुँदे समझदारीको संयोजन आफूले गरेको दावी गरेका छन्।

 लक्ष्मण पन्तद्वारा लिखित ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै तत्काल राजनीतिक दल र बिद्रोही माओवादीलाई मिलाउन आफूले उल्लेख्य भूमिका निर्वाह गरेको दावी गरे।

नेता नेपालले भारत १२ बुँदे समझदारी भए पनि सो समझदारी निर्माणमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गरे।

नेकपाका विदेश विभाग प्रमुख समेत रहेका नेता नेपालले भारतको संलग्नतामा सो १२ बूँदे समझदारी भएको भन्ने भनाईको कडा प्रतिवाद पनि गरे। उनले तत्कालीन सात राजनीतिक दल र बिद्रोही माओवादीसँग १२ बुँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत नगरिएको स्पष्ट पारे।

समझदारीका लागि तत्कालीन माओवादी बिद्रोहका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहभागी गराउन आफ्नो नै मुख्य भूमिका रहेको पनि नेता नेपालको भनाई छ।

नेता नेपालले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि दाहाल सो समझदारीका लागि दिल्ली पुगेको पनि खुलासा गरे। ‘मैले नै नारायणकाजी श्रेष्ठजीलाई प्रचण्डलाई लिन पठाएको हुँ’, उनले भने, ‘त्यसपछि मात्रै उहाँहरु दिल्ली आउनुभएको हो।’ नेता नेपालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि आफूले टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको बताए।

पन्तको पुस्तकमा सो तथ्य नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र बिद्रोही माओवादीको तर्फबाट डा. बाबुराम भट्टराईले सो १२ बुँदे समझदारीका लागि खेस्रा तयार पारेको पनि बताए।

वरिष्ठ नेता नेपालले भारतको परामर्शमा तत्कालीन बिद्रोही माओवादीसँग दिल्लीमा १२ बूँदे समझदारी नभएको यस अघि पनि बताए। ‘ट्वाईलेटभित्र गएर कसैले भारतका कुनै  नेतासँग टेलिफोन संवाद गरेको भए मलाई थाहा छैन’, उनले भने, ‘तर, औपचारिक रुपमा १२ बूँदे समझदारीका लागि भारतसँग कुनै परामर्श गरेका थिएनौँ।’

कार्यक्रममा नेकपा नेतृ पम्फा भुसालले उत्पीडनबाट गुज्रेर आएको भारत उत्पीडक बन्न नहुने धारणा राख्दै छिमेकहरुसँग भारतले गर्ने व्यवहार प्रष्ट हुन नसकेको बताइन्।

कार्यक्रममा नेकपा नेता राम कार्की सुरेस आलेमगर रामरिझन यादव, डा प्रमोद जायसवाल लगायतले पुस्तकबारे विमर्श गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad