राजनीति


प्रधानमन्त्रीलाई गगन थापाको सुझावः धपेडी भयो बा, विश्राम लिनुस् (भिडियाे)

प्रधानमन्त्रीलाई गगन थापाको सुझावः धपेडी भयो बा, विश्राम लिनुस् (भिडियाे)

नेपालखबर
भदौ १८, २०७६ बुधबार ९:२३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अस्वस्थताका बाबजुत विदेशमै रहेर भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले कार्यकारी प्रमुख लामो समयसम्म देश बाहिर बस्दा मुलुकको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादा आदिमा जोखिम उत्पन्न हुने भन्दै प्रधानमन्त्रीलाई धेरै धपेडी नगर्न आग्रह गरे। पछिल्लो समय प्रधानमन्त्रीको कार्यबोझ बढाईएको तर शारिरीक स्वास्थ्य अवस्था भने कमजोर भएको इच्छाशक्ति भएपनि प्रधानमन्त्रीले आफू माथिको दायित्व पुरा गर्न नसक्ने भन्दै उनले नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रसस्त गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।

उनले भने, ‘मैले धेरै पटक नेपाल कम्युनिष्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गर्ने गरेको सुनेको छु। प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ। हामी हाम्रो बा विरामी हुनुभएको भए के भन्थ्यौ? बा धपेडी नगर्नुहोस्। बा आराम गर्नुहोस्। बा विश्राम लिनुहोस्। हामी हाम्रो बालाई यसो भन्छौ। तर प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौ?’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण लगातार काम गर्न नसक्ने भन्दै उनले विकल्प खोज्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने, ‘कार्यकारीणी प्रमुख एकै पटक लामो समय सम्म देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदीमा जोखिमको प्रश्न त छदै छ। प्रत्येक २÷३ महिनामा १०÷१२ दिन विदेश गएर टेलिप्रिजेन्स मार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाउने शासकीय जिम्मेवारी पूरा हुन सक्दैन।’

नेकपाको बहुमत रहेको र प्रधानमन्त्री छान्न पनि सजिलो भएको भन्दै उनले अस्वस्थ भएका प्रधानमन्त्रीलाई विश्राम दिन आग्रह गरे। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सरकारले संसदलाई जानकारी नगराएको प्रति पनि उनले गम्भीर ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad