राजनीति


मंसिर १४ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गराउन आह्वान

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गराउन आह्वान

नेपालखबर
भदौ १६, २०७६ सोमबार ५:०,

आउने मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।

विविध कारण प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ५० स्थान हाल जनप्रतिनिधिविहीन छन्। उक्त स्थानमा जनप्रतिनिधि निर्वाचित गर्न आगामी मंसिर १४ गते उपचनिर्वाचन हुँदैछ।

त्यसमा सहभागी हुन इच्छुक दलहरूलाई दर्ता हुन सोमबार सूचना जारी गर्दै निर्वाचन आयोगले आग्रह गरेको हो।

उपनिर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिइएको छ। यस अवधिमा आफ्नो लेखापरीक्षणलगायत आवश्यक कागजात पेस गरी दर्ता प्रक्रियामा सहभागी हुन आयोगले सबै दललाई आग्रह गरेको छ ।

संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्था छ। सोहीबमोजिम उपनिर्वाचनका लागि दल दर्ता आयोगले आह्वान गरेको हो।

तर ०७४ को निर्वाचनमा सहभागी भएका दलले भने दर्ता भइरहनु पर्दैन। उक्त चुनवामा सहभागी नभएका नयाँ दलका लागि मात्र दर्ता आह्वान गरिएको आयोगले जनाएको छ।

तर ०७४ को निर्वाचनपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर अहिले नेकपा बनेकाले उपनिर्वाचनका लागि यो दल पनि निर्वाचन आयोगमा दर्ता हुनुपर्ने छ। त्यस्तै संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीले दल दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

यसअघि ०७४ मा तीनै तहको निर्वाचन भएको थियो। तर विविध कारण प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५० स्थान हाल रिक्त छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .