राजनीति


काश्मिर मुद्दा समाधानको विकल्प युद्ध होइनः पाकिस्तानी विदेशमन्त्री

काश्मिर मुद्दा समाधानको विकल्प युद्ध होइनः पाकिस्तानी विदेशमन्त्री

नेपालखबर
भदौ १५, २०७६ आइतबार ७:५०,

पाकिस्तानका विदेशमन्त्री शाह महमद क्युरेसीले काश्मिर मुद्दा समाधानको लागि युद्धलाइ विकल्पका रूपमा नलिएको बताएका छन्। पाकिस्तान र भारतबीच पछिल्लो समय काश्मिर मुद्दालाई लिएर तीक्ततापूर्ण सम्बन्ध विकसित भइरहँदा पाकिस्तानी विदेशमन्त्रीको पछिल्लो धारणा सार्वजनिक भएको हो।

भारतले जम्मु काश्मिरलाई दिएको विशेष अधिकार हटाउन भारतीय संविधानबाट धारा ३७० खारेज गरेपछि पाकिस्तानले विरोध गर्दै आएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले त काश्मिर मुद्दाकै कारण भारतसँग आणविक युद्ध हुनसक्ने चेतावनी नै दिँदै आएका छन्। बीबीसी उर्दुसँगको कुराकानीमा शनिबार क्युरेसीले भने पाकिस्तानले कहिल्यै पनि उक्साहट नीति अवलम्बन नगरेको बताए।

उनले पाकिस्तानले शान्ति चाहेको बताउँदै भारतलाई वार्ता सुरु गर्न भनेको उल्लेख गरे। उनले भने, ‘काश्मिर मुद्दा समाधानको लागि युद्ध विकल्प होइन।’ तर उनले काश्मिर मुद्दा दुई देशको मात्र नभई एउटा अन्तर्राष्ट्रिय मुद्दा भएको दाबी गरे।

बिहीबारमात्रै पाकिस्तानी प्रधानमन्त्री खानले न्युयोर्क टाइम्समा विचार सम्प्रेषण गर्दै काश्मिरमा भारतले गरेको निर्णय रोक्न विश्वले केही नगरेको आरोप लगाएका थिए। उनले दुई आणविक राष्ट्र युद्धको संघारमै पुगेको उल्लेख गरेका थिए।

सन् २०१६ को जनवरीमा पठानकोटमा रहेको एयरफोर्स बेसमा आक्रमणपछि भारतले पाकिस्तानमा रहेका आपराधिक संगठनविरुद्ध सैन्य कारबाही गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .