राजनीति


राज्यले रेशम चौधरीमाथि अन्याय गर्‍योः वैद्य

राज्यले रेशम चौधरीमाथि अन्याय गर्‍योः वैद्य

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार ५:४५,

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले थारु समुदाय सामन्तवाद, सूदूरपश्चिम र मधेसीको चेपुवामा परेको बताएका छन्।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले त्रिपक्षीय चेपुवामा परेको थारु समुदायमाथि राज्यले पनि अन्याय गरेको बताए।

उनले थारु समुदायमाथिका अन्यायविरुद्ध कोही पनि नबोलेको आरोप लगाए। ‘राज्यले थारु समुदायमाथि अन्यया गरेको छ’, उनले भने, ‘यसबारे कोही पनि बोल्दैनन्।’

महासचिव वैद्यले थारु समूदायका नेता रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत भएको बताए। उनले राज्यले चौधरीको मुद्दा राजनीतिक रुपमा सम्बोधन गर्नु पर्नेमा अदालतमा पुर्‍याएको बताए। ‘ ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो’, उनले भने, ‘चौधरीमाथि अन्याय भएको छ, उनको मुद्दाको राजनीतिक निकास खोजिनु पर्छ।’

उनले केपी ओलीइ नेतृत्वको सरकारलाई कम्युनिस्ट नेतृत्वको सरकार भन्न नसकिने प्रस्ट पारे। कम्यु्निस्टको बदनाम गराउने काम सरकारबाट भएको भन्दै उनले सरकारलाई जनताका पक्षमा काम गर्न सुझाबसमेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad