राजनीति


यमराज हेर्न मन लागे चक्रपथ जानुः सांसद खतिवडा

यमराज हेर्न मन लागे चक्रपथ जानुः सांसद खतिवडा

नेपालखबर
भदौ १२, २०७६ बिहिबार १०:३४,

सत्तारुढ नेकपाका सांसद विरोध खतिवडाले यमराज हेर्न मन भए चक्रपथको टिपर हेरे पुग्ने भन्दै व्यंग्य गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा राजधानीको चक्रपथमा पैदल यात्रुका लागि सडक वारपार गर्न जेब्रा क्रसिङ नभएका कारण नागरिकको ज्यान जाने गरेको भन्दै उनले सदन र सरकारको ध्यानार्षण गराए।

खतिवडाले चक्रपथमा जेब्रा क्रसिङ नभएका कारण पैदल यात्रुले अनाहकमा ज्यान गुमाउनु परिरहे पनि सरकार र सम्बद्ध निकायले ध्यान नदिएको भनी गुनासो गरे।

‘अभिभावकले यमराज देखाउन भन्दै आफ्ना बालबालिकालाई चक्रपथमा ल्याएर टिपरलाई देखाउने गरेका छन्। टिपर आतंकका कारण मासिक रुपमा सात जनाको ज्यान जाने गरेको छ तर सरकारले टिपर व्यवस्थापनमा ध्यान दिएको छैन’, उनले भने, ‘टिपरको बौलाहा दौडाइ रोक्न तत्काल कदम चाल्नुप-यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .