ad ad

राजनीति


अमेरिकी दूतावासले सशस्त्र प्रहरीका लागि बनाइदियो डिप ट्युवेल

अमेरिकी दूतावासले सशस्त्र प्रहरीका लागि बनाइदियो डिप ट्युवेल

नेपालखबर
भदौ १०, २०७६ मंगलबार १४:४७,

अमेरिकी दूतावासले पोखरामा डिप ट्युवेल निर्माण गरी हस्तान्तरण गरेको छ।

अमेरिकी दूतावासको इन्डोप्याकम अग्मेन्टेशन टिमका सदस्यहरूले मंगलबार सशस्त्र प्रहरीलाई दुईवटा ट्युवेल हस्तान्तरण गरेका हुन्।

ति ट्युवेलहरु लामापाटनस्थित सशस्त्र प्रहरी बल नेपाल तालिम महाविद्यालयमा र मालेपाटनस्थित सशस्त्र प्रहरी बलको कालिका वाहिनीमा अवस्थित छन्। बाँकी तीन ट्युवेल २०७६ सालको असोज–कात्तिकमा सम्पन्न हुने दूतावासले जनाएको छ।

समारोहमा सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक बाबुराम पाण्डेका साथै इन्डोप्याकम अग्मेन्टेशनकी टिम लिडर अमेरिकी सेनाकी क्याप्‍टेन केटलिन ह्यानरको उपस्थिती थियो।

ट्युवेलले संकटका समयमा ती क्षेत्रका नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने इन्डोप्याकम अग्मेन्टेशनकी टिम लिडर ह्यानरले विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .