राजनीति


अर्काको टिमबाट खेल्न मिल्दैन : अधिवक्ता महतो

अर्काको टिमबाट खेल्न मिल्दैन : अधिवक्ता महतो

नेपालखबर
असार १७, २०७८ बिहिबार ८:४३,

बरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले राष्ट्रपतिले सांसदलाई कमाण्डर छाड्न मिल्दैन भनेर रोकेको बताएका छन्।

संसद विघटनको मुद्दामा बिहीबार बहस गर्ने क्रममा महतोले बहुदलीय शासन प्रणालीमा दलको शासन हुने बताए।

‘सरकार गठनको खेल भनेको संसद भित्र नै हुन्छ। त्यो खेलको खेलाडी भनेको संसदीय दल हुन्छ। खेल खेल्ने क्याप्टेन संसदीय दलको नेता हुन्छ। कामान्डर दलको नेता भयो र कमान्डरले जे भन्छ त्यो मान्नै पर्ने हुन्छ। टिम छाड्न सक्नु हुन्छ, तर टिममा बसेर टिमको विरुद्ध क्रियाकलाप हुन सक्दैन। दलको नेता कमान्डर हुन्छ र त्यो भन्दा बाहिर जान मिल्दैन’, महतोले भने।

एमालेका नेता केपी ओली भएको अवस्थामा शेरबहादुर देउवालाई मेरो कमान्डर बनाइपाउँ भनि एमाले सांसदले भन्न नमिल्ने महतोले बताए।

‘तपाईँको टिम क्याप्टेन केपी ओली हुँदाहुँदै आफ्नो टिमको क्याप्टेन चेन्ज गर्न मिल्दैन भन्नु भएको हो राष्ट्रपतिले। सँगसँगै टिम छाड्न पाउनुहुन्छ, तर त्यही रहेर क्याप्टेन चेन्ज गर्न सक्नु हुन्न भन्नुभएको हो’, महतोले बहसकाक्रममा भने।

उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभाका सदस्य पार्टीप्रति उत्तरदायी हुन्छन्, साथसाथै जनता संसद्प्रति पनि उहाँको दायित्व हुन्छ संसद् विघटन हुन थालेपछि। उहाँहरुलाई सांसद जोगाउने अधिकार हुन्छ होला नि त भन्दै सोधेका थिए।

जवाफमा महतोले दलको सदस्य भएपछि दलको निर्णय मान्नु पर्ने बताए।

आफ्नै टिम हुँदाहुँदै अर्काको टिममा गएर आफ्नो टिमविरुद्ध खेल्न नपाइने उनले बताए।

‘अर्को टिमको क्याप्टेनले पनि अर्काको खेलाडी लिएर खेल खेल्न पाउँदैन', महतोले भने, ‘खेलको नियम मान्नु पर्छ।’

महतोभन्दा पहिले पूर्वमहान्यायाधिवक्ता अग्नी खरेलले बहस गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .