ad ad

राजनीति


रुपालाई कारबाही माग गर्दै सरस्वती प्रधान पुगिन् मानवअधिकार आयोग

रुपालाई कारबाही माग गर्दै सरस्वती प्रधान पुगिन् मानवअधिकार आयोग

नेपालखबर
असार १६, २०७८ बुधबार ११:२५,

जातीय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधान राष्ट्रिय मानवअधिकार आयोग पुगेकी छन्।

आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेपनि षड्यन्त्रमुलक तरीकाले फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गर्दै आयोग पुगेकी हुन्।

बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी हुन्। उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन्।

असार १ गते आफूलाई दलित भएको कारण कोठा नदिएको भन्दै सुनारले प्रहरी वृत्तमा उजुरी दिएसँगै ३ दिन प्रधालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

प्रधानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्ट बिना कोठा खोज्न हिडेर महामारी फैलाउन खोजेको, आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रता विपरित भएकोले कारबाही गरिनुपर्ने बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .