प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ।
सर्वोच्च अदालतको फैसलासँगै अवैधानिक बनेको उक्त कमिटीको अन्तिम बैठक बस्न लागेको हो।
अदालतको आदेशसँगै एमालेले उक्त कमिटीलाई भंग गर्ने तयारी गरेको छ।
यस अघि मंगलबार नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको थियो।
स्थायी कमिटीले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो।
फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गर्दै दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए।

प्रतिक्रिया