ad ad

राजनीति


चाक्सीबारीमा शशांक, विमलेन्द्र र प्रकाशमानको छलफल

चाक्सीबारीमा शशांक, विमलेन्द्र र प्रकाशमानको छलफल

नेपालखबर
असार १५, २०७८ मंगलबार ६:५४,

नेपाली कांग्रेसका तीन नेताबीच छलफल भएको छ।

कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाबीच छलफल भएको हो।

तीनै नेताहरु कांग्रेसका दोस्रो पुस्ताका हुन्। ‘तीन नेताबीच लञ्च सहितको बैठक भइरहेको छ,’ प्रकाशमान सिंहका प्रेस संयोजक युपी लामिछानेले नेपालखबरसँग भने।

महाधिवेशनमा नेतृत्वको दाबी गर्दै आएका तीन नेताहरुले यसअघि निधि निवास र कोइराला निवासमा छलफल गरिसकेका छन्।

महाधिवेशनमा साझा उम्मेदवार बन्न प्रयास स्वरुप छलफल भइरहेको नेताहरु बताउँछन्। भदौ दोस्रो साता कांग्रेस महाधिवेशन तय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .