राजनीति


राष्ट्रपति भण्डारीले पदीय गरिमा समाप्त पारेको देउवाको आरोप

राष्ट्रपति भण्डारीले पदीय गरिमा समाप्त पारेको देउवाको आरोप

नेपालखबर
असार १४, २०७८ सोमबार १४:९,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन्।

विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको लोत्सेहलमा बुद्धिजीवीसँग गरेको अन्तर्क्रियामा बोल्दै उनले संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेबारी र कर्तव्य पुरा नगरेर राष्ट्रपति भण्डारीले पदीय गरिमालाई नै समाप्त पारेको बताए।

संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दै उनले बहुमत पुराएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहोर्याए।

संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायालयको निश्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उनले संविधानमा भएको व्यवस्था अनुसार नै अदालतको फैसला आउनेमा आफूहरु विश्वस्त रहेको बताए। उनले अदालतले स्वतन्त्र न्यायलयको छबि कायम नै राख्नेमा आफू विश्वस्त रहेको पनि बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ?’ भनी प्रश्न गरे।

‘रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ। छुद्र भाषामा बोलेर केही हुँदैन। छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ?’ उनले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले सोमबार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा सभापति देउवालाई लोकतान्त्रिक मूल्य मान्यता छोडेर प्रचण्डपथमा हिँडेको भन्दै विपक्षी गठबन्धनमा सहभागी दलका शिर्ष नेतामाथि तिखो टिप्पणी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .