समाज


कास्कीमा पसल खुल्ने, जोर-बिजोर प्रणालीमा यातायात

कास्कीमा पसल खुल्ने, जोर-बिजोर प्रणालीमा यातायात

वाशुदेव मिश्र
असार १४, २०७८ सोमबार १३:५८,

कास्कीमा निषेधाज्ञा खुकुलो बनाइएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको सूचना अनुसार जिल्लाभित्र जोर–बिजोर प्रणाली अनुसार सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने छ भने खाद्यान्नलगायतका पसलहरु बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म खुल्ला रहने छन्।

यो निर्णय असार १५ गते राति १२ बजेदेखि लागू हुने प्रशासनले जनाएको छ।

डिपार्टमेण्टल स्टोर्स, पुस्तक पसल, सुनचाँदी, कपडा पसलहरु, अटोमोवाइल्स, निर्माण सामग्री पसलको हकमा भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।

बढी भीडभाड हुने रेष्टुरेण्ट, जिम हल, सिनेमा हल, खेलकुद र मनोरञ्जनात्मक गतिविधि, दोहोरी र डान्सबार एवं धार्मिक स्थलहरु खोल्न भने बन्देज नै लगाइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .