राजनीति


एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्यागको घोषणा

एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्यागको घोषणा

नेपालखबर
असार १३, २०७८ आइतबार १५:४४,

नेकपा (एमाले) का नेता बेदुराम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

राष्ट्रियसभा सदस्य भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै आफू स्वतन्त्र रुपमा राष्ट्रिय सभा सदस्यको हैसियतमा रहन चाहेको बताएका छन्।

भुसालले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको भएको उल्लेख गर्दै सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहन चाहेको बताएका छन्।

‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ’, भुसालले सचिवालयलाई लेखेको पत्रमा भनिएको छ ‘तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु।’

एमाले विवाद उत्कर्षमा पुगेका बेला भुसालले गरेको घोषणालाई महत्वका साथ हेरिएकाे छ। भुसाल एमालेभित्र वरिष्ठ नेता माधव नेपाल समूहका महत्वपूर्ण नेता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad