राजनीति


एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्‍मा पूर्वमाओवादीबाट ७ सयको नाम पठाइयो

एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्‍मा पूर्वमाओवादीबाट ७ सयको नाम पठाइयो

नेपालखबर
असार १३, २०७८ आइतबार १०:५,

रामबहादुर थापा बादल पक्षले नेकपा एमालेको गठन गरिन लागेको राष्ट्रिय प्रतिनिधि परिषद्का लागि पूर्वमाओवादीका झण्डै ७ सय जनाको नाम पठाएको छ।

आगामी बुधबार एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको छ। सोही बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद विस्तार हुँदैछ।

परिषदमा पूर्वमाओवादीको तर्फबाट झण्डै ७ सयको नाम पठाएको नेता नविन रोकामगरले जानकारी दिए।

‘हामीले ७ सयको हाराहारीको नाम पठाएका छौँ,’ रोकामगरले भने, ‘त्यसमध्ये ५ सयलाई परिषद् सदस्य पठाएर बाँकीलाई प्रदेशमा पठाउँछौँ।’

शनिबार थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा तामाङ, गौरी शंकर चौधरी लगायतको बैठकले ती नाम टुंगो लगाएर पठाएको थियो।

एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्दैछ। राष्ट्रिय प्रतिनिधि परिषद केन्द्रीय समितिको मातहतमा रहने संरचना हो।

थापाले आफ्नो प्रभाव परेका जिल्लाबाट सबैभन्दा बढी नाम पठाएको एक नेताले जानकारी दिए।

‘७७ जिल्लामध्ये नेताहरुको प्रभाव रहेको जिल्लाबाट सबैभन्दा बढी सिफारिस भएका छन्,’ ती नेताले भने, ‘त्यसमा प्रदेश २, वागमतीबाट धेरै जनाको नाम पठाइएको छ।’

कुनै जिल्लाबाट निकै कमको नाम पठाइएको छ। प्रभु साह एमाले पार्टीभित्र सन्तुष्ट छैनन्। उनलाई खुसी पार्नेगरी संख्या पठाइएको ती नेताको भनाई छ।

एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बादल समूहबाट राष्ट्रिय प्रतिनिधि परिषद्का लागि नाम प्राप्त भए पनि संख्या रूजु भइरहेकाे जानकारी दिए। 

उनले भने, ‘उहाँहरूकाे नाम प्राप्त भइसकेकाे छ, हामी रूजु गरिरहेका छाैँ। संख्या एकीन हुन बाँकी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad