ad ad

राजनीति


रामचन्द्र पौडेलको भेला दियालो फुडल्यान्डमा, को को भए सहभागी?

रामचन्द्र पौडेलको भेला दियालो फुडल्यान्डमा, को को भए सहभागी?

नेपालखबर
असार ११, २०७८ शुक्रबार ९:५२,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न महाधिवेशन सन्दर्भमा आफूनिकट नेताहरुसँग छलफल गरिरहेका छन्।

बसुन्धरास्थित दियालो फुडल्याण्डमा शुक्रबार अपरान्ह भएको छलफलमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, दिलबहादुर घर्ती, हृदयराम थानी, गगन थापा, प्रदीप पौडेल, धनबहादुर गुरुङ, कल्याण गुरुङ, बद्री पाण्डे, गुरु घिमिरे, जीवन परियार र कमला पन्त उपस्थित छन्।

कांग्रेसले आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने भएको छ।

RamChandraPaudel Bhela Asar11

सभापतिको उम्मेदवारी दाबी गरेका पौडेलले आफूपक्षीय नेताहरुसँग छलफल गरेर उम्मेदवारी घोषणाको तयारी गरिरहेका छन्।

वहालवाला सभापति शेरबहादुर देउवाले पनि नेतृत्वमा पुनः दाबी गर्ने तयारी गरिरहेका बेला पौडेलले अन्य नेताहरुको साथ जुटाएर चुनावी मैदानमा उत्रिन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .