ad ad

राजनीति


रौतहटको मौलापुर नगरसभामा झडप, ८ प्रहरी घाइते, १४ राउण्ड हवाई फायर

रौतहटको मौलापुर नगरसभामा झडप, ८ प्रहरी घाइते, १४ राउण्ड हवाई फायर

शैलेन्द्र महतो
असार १०, २०७८ बिहिबार ८:४५,

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप हुँदा ८ जना प्रहरी घाइते भएका छन्।

झडपमा प्रदर्शनकारीको ढुंगामुढा प्रहारबाट नेपाल प्रहरी सई, असईसहित ५ जना र सशस्त्र प्रहरीका सई र असईसहित ३ जना गरी ८ जना प्रहरी घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी भरत श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।

प्रदर्शनकारीतर्फ कतिजना घाइते छन् भन्ने खुलेको छैन। झडप नियन्त्रणमा लिन २३ राउण्ड अश्रूग्यास र १४ राउण्ड हवाई फायर गरिएको एसपी श्रेष्ठले बताए।

उनका अनुसार अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त छ।

Rautahat Maulapur tanab

आज दिउँसो नगरपालिकाको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्ने क्रममा झडप भएको प्रहरीको भनाइ छ।

मौलापुर नगरपालिकामा नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले ओली पक्षमा लागेका नेता प्रभु साहकी श्रीमती रिना कुमारी साह नगरप्रमुख छिन्।

नगरसभामा प्रमुख अतिथिका रुपमा प्रभु साह उपस्थित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .