अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओलीबाहेकलाई प्रधानमन्त्री बन्न नदिएको बताएका छन्।
बहुमत सांसदको समर्थनसहित दाबी गरेका देउवालाई प्रधानमन्त्री नियुक्त नगर्न राष्ट्रपति भण्डारीले मध्यरातसम्म षड्यन्त्र गरेको बताए।
देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नका लागि राजेन्द्र महतो र महन्थ ठाकुरलाई विरोध गर्न समय दिइएको भन्दै त्यसको खण्डन गरे।
‘मध्यराति निर्णय गर्नुपर्ने कारण के थियो? यसको नियत के हो? विरोध गर्न लगाएर अनि रोक्न मिल्छ?’, बन्दीले इजलासमा प्रश्न गरे।
संविधानको धारा ७६ (१) देखि २, ३ र ५ को पनि प्रधानमन्त्री केपी नै हुनुपर्छ भन्ने मनोविज्ञानबाट राष्ट्रपतिले काम गरेको बन्दीको तर्क छ।
प्रधानमन्त्री नियुक्तिमा राष्ट्रपतिको नियत ठीक नदेखिएको भन्दै बन्दीले भने, ‘राष्ट्रपतिले एउटा गीतमा मलाई त्यही केटी चाहिन्छ भनेजस्तै, मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भनेजस्तो गर्नुभयो।’
बन्दीअघि खम्बबहादुर खातीले बहस गरेका थिए। अहिले वरिष्ठ अधिवक्ता महादेव यादवले बहस गरिरहेका छन्।

प्रतिक्रिया