राजनीति


संसद विघटन : देउवासहितको रिटमा बहस सुरु

संसद विघटन : देउवासहितको रिटमा बहस सुरु

नेपालखबर
असार ९, २०७८ बुधबार ६:१५,

संसद विघटनको मुद्दामा बहस सुरु भएको छ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका १४६ सांसदको रिटका तर्फबाट अधिवक्ता खम्बबहादुर खातीले बहस सुरु गरेका छन्।

रिट निवेदक पक्षलाई सुरुवाति बहसका लागि १२ घण्टा समय दिइएको छ।

यो अवधि भित्र कसले कति बहस गर्ने भन्ने आफैं व्यवस्था गर्न इजलासले भनेको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन्।

ती मध्ये देउवासहित १४६ सांसदको रिटमा पहिले फैसला हुने भएको छ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad