राजनीति


भ्याकेटमा जाने निर्णय एकताविरोधी भनेपछि माधव नेपाललाई शंकर पोखरेलको जवाफ

भ्याकेटमा जाने निर्णय एकताविरोधी भनेपछि माधव नेपाललाई शंकर पोखरेलको जवाफ

नेपालखबर
असार ८, २०७८ मंगलबार ०:४९,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको पक्षले अदालतको आदेशविरुद्ध भ्याकेट (पुनरवलोकन) गराउने निर्णय पार्टीको एकताविरोधी भनेपछि ओलीपक्षीय नेता शंकर पोखरेलले जवाफ दिएका छन्।

सोमबार राति नेता नेपालले सामाजिक सञ्जालमार्फत पार्टी (ओली पक्ष) बाट बर्खास्त कर्णाली प्रदेशका एमाले सांसदको पद पुनःस्थापना गर्ने सर्वाेच्च अदालतले अन्तरिम आदेशविरुद्ध पुनरवलोकन निवेदन दिने निर्णय एकताविरोधी रहेको प्रतिक्रिया दिएपछि लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका पोखरेलले सहमति भएमा भ्याकेटको औचित्य नै नरहेको बताएका हुन्।

‘सहमति भएमा भ्याकेटको औचित्य नै रहँदैन। शेरबहादुरलाई सत्ता सुम्पने कुरा एमालेजनले सोच्ने कुरा नै होइन,’ पोखरेलले पनि सामाजिक सञ्जालबाटै भनेका छन्,  ‘पुरानो कुरा बिर्सेर एकताको बाटोमा हिडौं। भविष्य एकतामै छ।’

माधव नेपालको भनाइचाहिँ यस्तो छ
कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ। स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो। जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो।

सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्त्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्धको कुन रूपमा लागेको छ– सहजै देख्न सकिन्छ। असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकताविरोधी तत्त्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad