समाज


टिकटकद्वारा अमेरिकी प्रयोगकर्ताका लागि गोपनीयता नीति परिवर्तन

टिकटकद्वारा अमेरिकी प्रयोगकर्ताका लागि गोपनीयता नीति परिवर्तन

नेपालखबर
असार ८, २०७८ मंगलबार ०:२८,

चिनियाँ भिडियो एप टिकटकले यसका प्रयोगकर्ताको ‘फेसप्रिन्ट, भ्वाइसप्रिन्ट र वायोमेट्रिक’ विवरणहरू सङ्कलन गर्न मिल्नेगरी अमेरिकी प्रयोगकर्ताहरूको लागि गोपनीयता नीति परिवर्तन गरेको छ।

यो नीति जुन २ मा अद्यावधिक गरिएको टेकक्रन्च नामक प्राविधिक साइटले जनाएको छ। स्वचालित रूपमा तथ्याङ्क सङ््कलन गर्ने जानकारी खण्ड अन्तर्गत कम्पनीले प्रयोगकर्ताहरूलाई सिधै सूचित नगरी उनीहरूको तथ्याङ्क संकलन गर्न दिइरहेको छ।

‘हामीले फेसप्रिन्ट र भ्वाइसप्रिन्टजस्ता सामग्रीबाट ‘बायोमेट्रिक’ पहिचान र ‘बायोमेट्रिक’ सूचनालाई अमेरिकी कानून अन्तर्गत परिभाषित गरेका छौँ। कुनै पनि त्यस्तो संग्रहको तपाईंबाट कुनै आवश्यक अनुमतिहरू खोजी गर्नेछौं,’ कम्पनीको नयाँ नीतिमा भनिएको छ।

नेशनल इन्ट्रेस्टका अनुसार टिकटकले यस बिषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। अमेरिकीहरूलाई पहिलो स्थानमा राखी फेसप्रिन्ट र बायोमेट्रिक तथ्याङ्कको आवश्यकता छ भनेर टिकटकले जानकारी गराएको छैन।

‘पारदर्शिताप्रति हाम्रो चलिरहेको प्रतिबद्धताको अंशको रूपमा हामीले संकलन गर्न सक्ने जानकारीमा थप स्पष्टता प्रदान गर्न हाम्रो गोपनीयता नीति अद्यावधिक गरेका छौं,’ टिकटकका प्रवक्ताले भनेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै महिनाको सुरुमा ट्रम्प प्रशासनको कार्यकारी आदेश खारेज गरेका थिए। जसमा टिकटिक र बिच्याटमाथि प्रतिबन्ध गर्ने प्राबधान पनि परेको थियो। ट्रम्प प्रशासनले विरोधीहरूसँग सम्बन्धित विदेशी नियन्त्रणमा रहेका यस्ता एप प्रयोगको नयाँ सुरक्षा समीक्षाका लागि आदेश दिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad