ad ad

अटो


हुन्डाई प्यालिसेड नेपाल भित्रियो, मूल्य कति?

हुन्डाई प्यालिसेड नेपाल भित्रियो, मूल्य कति?

नेपालखबर
असार ७, २०७८ सोमबार ९:१,

हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्र्याएको छ। प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो।

कम्पनी स्रोत अनुसार यो कार छिट्टै नै आधिकारीक रूपमा सार्वजनिक हुनेछ। यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो।

नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ जसले २०० पीएस पावर तथा १७५०-२७५० आरपीम टर्क उत्पादन गर्नेछ। यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ।

hundai-palised.png

नेपाली बजारमा यो एसयूभीको शुरूआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ।

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .