प्रधानमन्त्री केपी शर्मा ओली पुनः सिंगापुर प्रस्थान गरेका छन्। यसअघि २७ गते मात्रै उनी सिंगापुरबाट फर्किएका थिए। उनी स्वास्थ्य जाँचका लागि भन्दै गत साउन १८ मा सिंगापुर गएका थिए।
उनीसँगै पत्नी राधिका शाक्य, निजी चिकित्सक डा. दिव्या सिंह, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश वज्राचार्य पनि सिंगापुर गएका छन्।
ओलीको फर्किने मिति सार्वजनिक गरिएको छैन।
सिंगापुरमा रहँदा नेपालमा भिडियो कन्फरेन्सबाटै मन्त्रिपरिषद् बैठक सञ्चालन हुने प्रधानमन्त्री निकट स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।
प्रतिक्रिया