पश्चिम बंगलकी मुख्यमन्त्री ममता बेनर्जीले आफू मृत्युसँग नडराउने बताएकी छन्।
पछिल्लो समय पश्चिम बंगालका अल्पसंख्यकहरुमाथि आक्रमण गरेर आफूलाई त्रसाउने प्रयास भइरहेको भन्दै उनले आफू मृत्युसँग नडराउने बताएकी हुन्। ‘म मृत्युदेखि डराउँदिन, बरु मृत्यु नै मसँग डराउँछ’, उनले भनिन, ‘मलाई डर देखाएर रोक्ने हिम्मत र तागत कसैमा छैन।’
चुनावपछि पश्चिम बंगालमा हिंसा भड्काउने गिरोह सक्रिय रहेको भन्दै उनले आफ्नो राज्यलाई गुजरात बन्न नदिने दावी गरेकी छन्।
शुक्रबार उत्तर २४ परागनामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भारतीय जनता पार्टीले चुनावअघिदेखि नै हिंसा भड्काउने गरेको आरोप लगाइन्।
‘म बिहार, उत्तरप्रदेश, पञ्जाव जाँदा हिन्दीमा कुरा गर्छु किनकि राष्ट्रिय भाषा हिन्दी हो’, उनले भनिन्, ‘तर, जपाईं जब बंगाल आउनुहुन्छ, यहाँ तपाईं बांग्ला नै बोल्नुपर्छ।’
उनले अगाडि थपिन्, ‘चुनावपछि यहाँ हिंसा भएको छ, हामी बंगालको गुजरात बन्न दिँदैनौँ।’, उनले अल्पसंख्यकमाथिको आक्रमण हिंसा फैलाउने उद्देश्यले नै भएको दावी गर्दै हिंसालाई आफ्नो प्रदेशमा ठाउँ नभएको बताइन्।
भारतीय जनता पार्टीप्रति आक्रमक रुपमा प्रस्तुत भएकी मुख्यमन्त्री बेनर्जीले बंगालमा बसेर बंगालीलाई डर देखाउने कुरा आफूलाई मञ्जुर नभएको प्रस्ट परिन्। ‘बंगालमा बसेर बंगालीलाई नै डर देखाउने?, उनदे भनिन्, ‘म यो कदापि सहन सक्दिनँ, मसँग किन यतिधेरै डराइरहेका छन्?’ उनले आफूमाथि निरन्तर भइरहेको आरोप प्रत्यारोपले आफूलाई थप बढी सिटमा चुनाव जित्न सहयोग पु¥याइरहेको दावी समेत गरिन्।
त्रिणमुल कांग्रेसकी प्रमुख समेत रहेकी बेनर्जीले पछिल्लो समय बंगालमा भएको डाक्टरको हड्ताल फिर्ता लिनसमेत आग्रह गरेकी छन्। डाक्टरको हड्तालको कारण भारतीय जनता पार्टी भएको भन्दै उनले तुरुन्त काममा नफर्के डाक्टरहरुविरुद्ध कडा कदम चाल्ने बताइन्।
बंगलामा जारी डाक्टरको आन्दोलनले पुरै देशमा माहोल तताएको छ। अहिले दिल्ली, मुम्बइ, उत्तरप्रदेश, मध्यप्रदेश लगायतका रज्यमा पनि डाक्टरहरु हडतालमा उत्रिएका छन्। बंगालका २७ डाक्टरmले सामुहित राजीनामा समेत दिएका छन्।
यसैबीच कोलकाता हाइकोर्टले टाक्टरहरुसँग तुरुन्त वार्ता गर्न पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ।
प्रतिक्रिया