समाज


हराएका बालकको शव खाडलमा भेटियो

 हराएका बालकको शव खाडलमा भेटियो

नेपालखबर
असार ६, २०७८ आइतबार ०:२१,

भक्तपुरको चाँगुनारायणमा दुई दिनदेखि हराइरहेका १० वर्षीय एक बालकको शव फेला परेको छ।

चाँगुनारायण नगरपालिका ९ ताथलीका राजु मछेका १० वर्षीय छोरा रोजनको शव घर नजिकैको इँटा भट्टाको खाडलमा फेला परेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दिपक गिरीका अनुसार स्थानीय बिएस इँटा उद्योगको कम्पाउण्ड भित्र रहेको खाडलको पानीमा डुबेको अवस्थामा बालकको शव फेला परेको हो।

बालक गएको शुक्रबार बिहानदेखि हराइरहेका थिए। उनको खोजी गर्ने क्रमममा शनिबार दिउँसो शव फेला परेको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको गिरीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad