राजनीति


भारतमा उपचाररत पूर्वप्रधानमन्त्री खनालको अवस्था कस्तो छ?

भारतमा उपचाररत पूर्वप्रधानमन्त्री खनालको अवस्था कस्तो छ?

नेपालखबर
असार ५, २०७८ शनिबार ४:२९,

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अहिले भारतमा उपचार गराइरहेका छन्।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन्।

उनका अनुसार अपोलो अस्पतालमा निर्भीक खनालसँग बुझ्दा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था अहिले ठीक छ।

खनालको स्वास्थ्यबारे गलत समाचार आइरहेको भन्दै उनले आपत्तिसमेत जनाएका छन्।

‘स्वास्थ्य सुधार भइरहेको छ भ्रममा नपरौं,’ स्वकीय सचिव भट्टराईले भनेका छन्, ‘आदरणीय कमरेडप्रति बाहिर फेसबुकमा गलत प्रचार गर्ने जो व्यक्तिप्रति घोर भत्सना गर्दै कारबाहीको माग गर्दछु।’

कोरोना संक्रमणबाट मुक्त भएपछि पनि स्वास्थ्यमा समस्या देखिएपछि खनाललाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।

अस्पतालले उनलाई ‘पोस्ट कोभिड’ भएको आशंकामा उपचार सुरु गरेको थियो। तर उनमा भिन्न समस्या देखिएपछि थप उपचारका लागि यही असार २ गते दिल्ली लगिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad