बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा गएका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मनाङमै रोकिएका छन्।
प्रतिकूल मौसमका कारण मुख्यमन्त्री नेपाली, विना विभागीयमन्त्री दीपक मनाङे, सभासद चिन्तबहादुर घले मनाङमै रोकिएका हुन्।
बिहीबार साँझ सेनाको हेलिकोप्टरमा १५ जना बाढीपहिरो पीडितसहित पोखरा आउन गरिएको प्रयास असफल भएपछि मुख्यमन्त्री मनाङ सदरमुकाम चामेबै बस्न बाध्य भएका टोलीमा रहेका पत्रकार प्रकाश ढकालले जानकारी दिएका छन्।
मुख्यमन्त्री गुरुङ बिहीबार दिउँसो मनाङ गएका थिए। भोलि गण्डकी सदनमा विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री उतै रोकिएपछि सदनको काम प्रभावित हुने सम्भावना बढेको छ।
यद्यपि, शुक्रबार बिहानै मुख्यमन्त्री पोखरा आउने तय भएको छ। मौसम विग्रिए विश्वासको मत लिने कार्यसूचि परिवर्तन गर्न प्रदेश सचिवालयलाई अनुरोध गरिने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन्।
विश्वासको मत लिन मुख्यमन्त्री स्वयं सदनमा उपस्थित हुनुपर्छ।
Shares
प्रतिक्रिया