राजनीति


गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद खारेज (आदेशसहित)

गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद खारेज (आदेशसहित)

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ११:४,

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन्।

सर्वोच्च अदालतले यस अघि उनलाई संसदमा पुनर्स्थापना गर्ने अन्तरिम आदेश खारेज गरेको हो।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।

अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको आदेशमा भनिएको छ।

पार्टी ह्वीप विपरित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा उभिएपछि उनलाई पार्टीले कारबाही गरेर प्रदेश सभा सदस्यबाट हटाएको थियो।

त्यसका विरुद्ध उनी सर्वोच्च पुगेका थिए। जेठ २३ गते उनको निवेदनमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो।

२७ गते गुरुङले संसदमा विश्वासको मत लिँदा थापा तटस्थ बसेका थिए। जनमोर्चाले उनलाई पुन: कारबाही गर्दै पदमुक्त गरेको थियो।

krishna thapa padmukta

krishna thapa padmukta1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad