ad ad

राजनीति


चीनको बीआरआईलाई काउन्टर दिन अमेरिकाले प्रस्तुत गर्‍यो बी३डब्ल्यू योजना

चीनको बीआरआईलाई काउन्टर दिन अमेरिकाले प्रस्तुत गर्‍यो बी३डब्ल्यू योजना

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ७:३,

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सम्मिलत समूहले चीनसँग प्रतिस्पर्धा गर्नको लागि न्युन र मध्यम आय भएका देशहरूलाई सहयोग गर्ने योजना अपनाएका छन्, जस अन्तर्गत जी७ देशहरूले उनीहरूलाई राम्रो पूर्वाधार निर्माण गर्न मद्दत गर्नेछन्।

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स बीआरआईलाई चुनौती दिन ‘बिल्ड ब्याक बेटर वर्ल्ड’ बी३डब्लू योजना प्रस्तुत गरेका छन्।

यस्ता गुणस्तरीय योजना खडा गरे चीनलाई चुनौती दिन सकिने बाइडेनको भनाइ छ।

बीआरआई अवधारणाअनुसार चीनले कयौं देशमा रेल, सडक, बन्दरगाह लगायतका पूर्वाधार सुधारको लागि आर्थिक मद्दत गर्ने गरेको छ। जसका कारण चीनले आफ्नो प्रभाव विश्वका कयाै देशमा बढाउन सफल भएको छ।

G7 summit: Spending plan to rival China adopted - BBC News

रोयटर्सका अनुसार चीनको बीआरआईलाई काउन्टर दिने बी३डब्लू योजनालाई जी ७ राष्ट्रहरुले अनुमोदन गरेका छन्।

बाइडेनका अनुसार यस योजनाले विश्वका विकासोन्मुख राष्ट्रहरुलाई ठूलो सहायता पुग्नेछ। यस योजनाले चार सय खर्ब अमेरिकी डलरले पूर्वाधारको खाडल संकुचित गर्न मद्दत पुग्नेछ।

बेलायतकाे सम्मेलनमा अनुमाेदन भएकाे याेजनाकाे विषायमा ह्वाइट हाउसले भनेको छ,‘बी३डब्लूको दायरा विश्वव्यापी हुनेछ, यो ल्याटिन अमेरिका र क्यारिबियनदेखि अफ्रिका र इण्डो–प्यासिफिक क्षेत्रसम्म फैलिनेछ।’

जी७ का साझेदार राष्ट्रहरु भिन्न भौगोलिक क्षेत्रका हुनेछन्, तर यो योजनाले विश्वका न्युन र मध्यम आय भएका देशहरूलाई समाहित गर्ने ह्वाइट हाउसको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .