ad ad

राजनीति


मन्त्री बन्न नपाएपछि महेश बस्नेतले गुट फेर्न लागेका हुन्?

मन्त्री बन्न नपाएपछि महेश बस्नेतले गुट फेर्न लागेका हुन्?

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ९:४६,

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा उनका कतिपय अति निकट एमाले नेताहरूलाई मन्त्री नबनाइएकोबारे चर्चा जारी छ।

तिनैमध्ये एक नाम हो– महेश बस्नेत।

उनले गृहमन्त्री बन्न चाहेको तर ओलीका अर्का प्रिय एवं विश्वास पात्र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पनि यही पद दाबी गरेपछि अन्ततः अर्का एमाले नेता खगराज अधिकारीलाई गृहमन्त्री बनाइएको भन्ने कतिपयको दाबी छ।

यस सम्बन्धमा महेश बस्नेतले स्पष्टीकरण वक्तव्य नै जारी गरेका छन्।

आफू कहिले पदको भोको नभएको उल्लेख गर्दै नेता बस्नेतले केही मिडियाले आफूले मन्त्री पद नपाएकै कारण गुट फेर्न लागेको भनेर भ्रम फिँजाएकामा आक्रोशसमेत व्यक्त गरेका छन्।

‘त्यस्ता भ्रममा कोही नपरौं, म जहाँ छु त्यहीं रहनेछु र म जे छु त्यही छु,’ बस्नेतले आफ्नो वक्तव्यमा लेखेका छन्, ‘पद नपाउँदा विचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन। म अझै जोस जाँगर र ऊर्जाका साथ लाग्नेछु।’

उनको वक्तव्य जस्ताको तस्तै :
मेरो राजनीतिक जीवनमा पद प्राप्ति ठूलो विषय कहिले बनेन, पार्टी नीति, नेतृव र निर्देशन सदैव पालना गरेर अगाडि बढेको छु। परिभाषित काममा सदैव आफ्नो दक्षता देखाएको छु, पार्टीभित्र मात्र होइन, बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्नेगरी काम गरेको छु। आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु।

पटकपटकको मन्त्रिमण्डलको पुनर्गठनमा मेरो नाम व्यापक चर्चा हुने गर्दछ। मेरा सहयोद्धा कमरेडहरू बनाउने पक्षमा र बनाउन हुँदैन भन्ने पक्षमा व्यापक लाग्नुहुन्छ।

हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन्। मेरा विरोधी साथीहरूलाई म झन् धेरै धन्यवाद दिन चाहन्छु, जसका कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै मैले सिकेको सिकाइ हो र उपलब्धि पनि।

कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोशमा छु, गुट फेर्दै छुजस्ता समाचार लेखिरहेका छन्। त्यस्ता भ्रममा कोही नपरौं म जहाँ छु, त्यहीँ रहनेछु र म जे छु त्यही छु। पद नपाउँदा विचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन। म अझै जोस, जाँगर र ऊर्जाका साथ लाग्नेछु। मेरो राजनीतिक जीवनमा मैले विकास गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टि हुने नै छ। पटकपटक अग्निपरीक्षामा होमिन तयार छु।

यो पनि : गोकुल बाँस्कोटालाई प्रश्न : ‘आफ्नो स्थानमा अरू मन्त्री बन्दा मन कटक्क खाएन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .