राजनीति


सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ८:५२,

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

संसद् विघटनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई आज (शुक्रबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक आयोजना गरेका हुन्।

बैठकमा पूर्वप्रधानमन्त्रीहरुलाई पनि आमन्त्रण गरिएको छ।

सभामुखको सचिवालयका अनुसार छलफलमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई , जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी छन्।

अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल भर्चुअलरुपमा सहभागी भएका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा दोस्रोपटक विघटन गरेपछि सभामुख सापकोटाले यही जेठ २३ गते कानुनविद् र जेठ ११ गते पूर्वसभामुखसँग छलफल गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .