राजनीति


ताइवानसँग कुनै किसिमको सम्झौता नगर्न अमेरिकालाई चीनको चेतावनी

ताइवानसँग कुनै किसिमको सम्झौता नगर्न अमेरिकालाई चीनको चेतावनी

नेपालखबर
जेठ २७, २०७८ बिहिबार १२:३,

अमेरिकाले हालै ताइवानसँग आर्थिक साझेदारीको विषयमा छलफल हुने बताएपछि चीनले ताइवानसँग सम्झौता नगर्न चेतावनी दिएको हो।

हालै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता चाओ लिजियानले भनेका छन्,‘अमेरिकाले ताइवानसँग कुनै पनि किसिमको आधिकारिक सम्झौताहरु रोक्नुपर्छ, ताइवानको विषयमा सावधानी अपनाएको राम्रो हुन्छ। ताइवान अलग्याउन चाहने शक्तिलाई गलत संकेत दिन बन्द गरौं।’

चीनले ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँको राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्।

चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ। पछिल्लो समय चीनको आक्रमक गतिविधि ताइवानमा थप बढेको देखिएको छ।

चीनको युद्धक विमानहरु दोहोरिँदै ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्। यस्तो बेला अमेरिका ताइवानलाई अनौपचारिक रुपमा समर्थन जनाउन आइपुगेको छ।

अमेरिकाले ताइवानलाई अरबौं डलरको हतियार बच्ने सम्झौतामा हस्ताक्षर गरेका छ भने हालै ताइवानलाई ७ लाख ५० हजार डोज खोप दिने वाचा गरेको छ।

झनै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सोमबार ताइवानसँग व्यापारको विषयमा छलफल हुने भनेपछि चीन र अमेरिकाबीचको विवाद थप चर्किने अनुमान गरिएको छ।

उनले सिधै ताइवानमाथि चीनको आक्रामकता बढेको बताउँदै आफूहरुलाई त्यो विषयमा चासो भएको बताएका थिए।

चीनले भने सुरुवातदेखि अमेरिकी सरकारी अधिकारीहरु ताइवान पुगे आफूले ताइवानमा आक्रमण गर्ने चेतावनी दिइरहेको छ। अल्जाजिरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad