राजनीति


खनाल–नेपाललगायत नेतालाई गरिएको कारबाही फिर्ता नभई पार्टी एकता संभव छैनः गोकर्ण विष्ट (भिडिओ)

खनाल–नेपाललगायत नेतालाई गरिएको कारबाही फिर्ता नभई पार्टी एकता संभव छैनः गोकर्ण विष्ट (भिडिओ)

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ८:४७,

एमाले नेता गोकर्ण विष्टले पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायत ११ जनालाई गरिएको कारबाही फिर्ता नगरेसम्म पार्टी एकता हुन नसक्ने बताएका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीद्वय खनाल, नेपाल, भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्काशित गरेका छन्।

अध्यक्ष ओलीले जेठ २३ गते पार्टी एकताका लागि भनी ल्याएको ६ बुँदे प्रस्ताव अपुरो रहेको बताएका छन्।

सो प्रस्तावमा केहि दिनयता असन्तुष्ट नेताहरुले गरेका गतिविधिका कारण कसैलाई पनि भविष्यामा कारबाही नगरिने बताए पनि यसअघि नै नेपाल–खनाल लगायतलाई गरिएको कारबाहीबारे के हुने भन्ने प्रष्टता नभएको बताएका छन्।

‘उहाँहरुलाई कारबाही यथावत् राखेर कुनै पनि हिसाबले पार्टी एकता कायम हुनसक्दैन,’ विष्टले भनेका छन्, ‘ती कारबाही फिर्ता हुनुपर्छ, हामीले यिनै शर्तहरु राखेका छौं। मैले जे निर्णय गरेँ त्यहि ठीक भन्यो भने चाहे पार्टी अध्यक्ष, चाहे माधव नेपाल, चाहे हामी आफै पनि ठीक हुँदैन।’

विष्ट एमाले विवाद समाधानका लागि गठन गरिएको कार्यदलका सदस्य हुन्।

औपचारिकरुपमा कार्यदल निष्प्रभावी बनिसके पनि उनीहरुले ओली पक्षका नेताहरुसँग अझै पनि अनौपचारिक वार्ता तथा संवाद जारी राखेका छन्।

भिडिओ: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad