ad ad

राजनीति


राप्रपानिकट मजदुर संगठनले ५ बुँदे मागसहित प्रधानमन्त्रीलाई बुझायो ज्ञापन

राप्रपानिकट मजदुर संगठनले ५ बुँदे मागसहित प्रधानमन्त्रीलाई बुझायो ज्ञापन

नेपालखबर
जेठ २६, २०७८ बुधबार १२:४,

राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले यातायातसहित संगठित एवं असंगठित क्षेत्रका श्रमिकका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

टुकोनद्वारा पेश भएको ज्ञापनपत्रमा कोरोनाको दोस्रो लहरको महामारीसँगै राज्यद्वारा गरिएको निषेधाज्ञाले गर्दा रोग, शोक र भोकले व्याकुल भएका यातायात क्षेत्रका स्वरोजगार सहित सम्पूर्ण श्रमिकहरूको तपशिल बमोजिमका समस्या सम्बोधन गर्न टुकोनले माग गरिएको छ।

पाँच बुँदे ज्ञापन पत्रमा भनिएको छ,
१) कोरोना महामारीको कारणले गर्दा राज्यद्वारा गरिएको निषेधाज्ञासँगै व्यवसाय संचालन गर्न नपाएर बेहाल भएका यातायात क्षेत्रका सम्पूर्ण स्वरोजगार श्रमिकहरूको निशेधाज्ञा अवधीभरको सवारीसाधनको बैंक ब्याज मिनाह गराई सवारीसाधन निर्बाध सञ्चालनमा आएको ६ महिनासम्म बैंकको किस्ता बुझाउन सरलीकरण गराइयोस्।

२) निषेधाज्ञाले गर्दा रोजगारविहीन भएर भोकले आक्रान्त भएका यातायात क्षेत्रका सम्पूर्ण सवारी चालक, परिचारक एवम् सहचालकहरुलाई तत्काल यथोचित राहतको व्यवस्था मिलाइयोस्।

३) निषेधाज्ञा अवधीमा पनि मापदण्ड निर्धारण गरेर हवाई सेवा सञ्चालनमा ल्याइए जस्तै लामो तथा छोटो दूरीका, दिवा एवम् रात्रिकालीन सेवाका सम्पूर्ण सवारीहरु तत्काल सञ्चालनमा ल्याउन यथोचित व्यवस्था मिलाइयोस्।

४) यातायात सहित सम्पूर्ण क्षेत्रका श्रमिकहरुलाई यो वा त्यो बहानामा नअल्झाइकन सिघ्रातिसिघ्र सामाजिक सुरक्षा योजनामा अनुवन्धित गराउने व्यवस्था गराउनको लागि रोजगारदाताहरुलाई बाध्य तुल्याइयोस्।

५) संगठित एवं असंगठित क्षेत्रका सबै श्रमिकहरुलाई कार्यस्थलमा नै पायक पर्नेगरी स्थानीय सरकारद्वारा कोरोना विरुद्धको खोप, औषधोपचार सहित राहतको व्यवस्था तत्काल मिलाइयोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .