राजनीति


भीम रावल भन्छन् : विधि, विधान मिच्नेले त्रिलोचन भट्टबाट सिकुन्

भीम रावल भन्छन् : विधि, विधान मिच्नेले त्रिलोचन भट्टबाट सिकुन्

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ९:५४,

नेकपा (एमाले) का तत्कालिन उपाध्यक्ष भीम रावलले विधि, विधान र पद्धति मिच्नेहरुले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबाट सिक्नुपर्ने धारणा राखेका छन्।

मंगलबार प्रदेश संसदबाट मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेका थिए।

नेता रावलले विश्वासको मत लिनुपर्ने प्रश्न उठेको केही दिनमै मुख्यमन्त्री भट्टले विधिसम्मत तरिकाले विश्वासको मत लिएको भन्दै उनको प्रशंसा गरेका छन्।

उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र उनी पक्षीय केही मुख्यमन्त्रीहरुले विश्वासको मत लिने सन्दर्भमा देखाएको अलोकतान्त्रिक चरित्रप्रति व्यंग्य गरेका हुन्।

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई हार्दिक बधाई!’ सामाजिक सञ्जालमा रावलले लेखेका छन्, ‘विधि, विधान र पद्धति मिच्नेहरुले उहाँबाट राजनैैतिक नैतिकताको केही शिक्षा लिने कि!’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .