चिनियाँ स्वायत्त क्षेत्र ग्वांसीको एउटा विश्व विद्यालयको क्याम्पस क्षेत्रमा लस्करै राखिएका चार बसमा आगलागी भएको हो।
त्यहाँ पाँचवट बस थिए। एउटा विद्युतीय कारमा आगलागी भएको २० मिनेट भित्र अन्य तीन कारमा पनि आगो पुगेको थियो।
चार कारमा क्षति हुँदा एक कार भने क्षति हुनबाट जोगिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
आगलागी सुरुवात भएको २० मिनेटभित्र आगलागी नियन्त्रणमा लिइएको थियो। बसमा कसरी आगो लाग्यो भनेर अनुसन्धान भइरहेको छ।
यस घटनामा काेही घाइते नभएकाे बताइएकाे छ।
(भिडिओ)

प्रतिक्रिया